नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले) सँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन्।
सरकार सञ्चालनका लागि बनेको संयन्त्रले प्रभावकारी काम गर्न नसकेकोले अब त्यसलाई गतिशील बनाउनुपर्ने उनले बताए।
‘आमकार्यकर्ता र जनताको भावनामा हाम्रो संयन्त्रले काम गर्न सकेन। टुलुटुलु हेरेर बस्नु भएन,’ पोखरामा शनिबार भएको एक कार्यक्रममा महरले भने।
साथै संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
'संघीयताभित्रको समावेशीता कार्यान्वयनका लागि संविधानको अक्षरश: पालना हुनुपर्छ। आवश्यक कानुन तयार पारिनुपर्छ। त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ,’ उनले भने, ‘समावेशीताको आसय र मानसिकताअनुसार राजनीतिक दलले काम गर्नुपर्छ।' उनले भने।