नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कांग्रेस घोषणापत्र लिएर नभई संकल्पपत्र लिएर जानुपर्ने बताएका छन्।
शनिबार पोखरामा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले जितेको निर्वाचन क्षेत्रमा ०८४ सालको चुनावमा घोषणापत्र नभई उपलब्धिपत्र लिएर जानुपर्ने बताएका हुन्।
'जुन जुन ठाउँमा नेपाली कांग्रेस चुनाव जितेको छ। त्यो ठाउँमा नेपाली कांग्रेस घोषणापत्र लिएर अब चुनावमा जाने होइन। संकल्पपत्र लिएर जाने होइन । कांग्रेस आफूले चुनाव जितेको ठाउँमा उपलब्धीपत्र लिएर जानुपर्छ,' उनले भने।
उनले काठमाडौं-४ मा पुनः आफै उठे वा पार्टीबाट अरू कोही उठेपनि कांग्रेसको सांसदले चार वर्षमा गरेको उपलब्धि देखाउनुपर्ने बताएका हुन्।
'०८४ सालको उत्तर दिनुपर्छ भन्ने कुराको चिन्ता हामीमा हुनुपर्छ। त्यो उत्तर कसरी दिने भन्नेकुराको चिन्तन हुनुपर्छ,' महामन्त्री थापाले भने।