राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ।
काठमाडौंको स्वयम्भूस्थित स्वयम्भू स्टार बैंक्वेटमा बिहान ८ बजेदेखि बैठक सुरू भएको हो।
बैठकको पहिलो दिन शनिबार ८:१५ बजेदेखि ९ बजेसम्म समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ भएको छ।
९ देखि ११ बजेसम्म स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने कार्यतालिका छ। साढे १२ बजेदेखि साढे ४ बजेसम्म संगठन समीक्षा र संगठनको रणनीतिबारे छलफल गर्ने कार्यसूचि छ।
यी छलफलमा केन्द्रीय समिति र आमन्त्रित सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। आमन्त्रित सदस्यहरूमा केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग र प्रदेश महामन्त्रीहरू रहनेछन्।
साँझ ५ बजेदेखि ६ बजेसम्म सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएको विधेयकबारे पार्टीको धारणाबारे छलफल हुने कार्यसूची छ।
६ देखि ६:४० सम्म पार्टीको संरचनासम्बन्धमा प्रारम्भिक छलफल गर्ने त्यसपछि पहिलो दिनको समीक्षा, दोस्रो दिनको तयारीबारे छलफल गर्ने कार्यसूचि छ।
भोलिको बैठक बिहान ८ बजेदेखि नै सुरू हुने बताइएको छ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन्।
सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोलप्रसाद अर्याल छन्।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।