नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संगठन सुदृढीकरणमा जुट्न आग्रह गरेका छन्।
सप्तरीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियाे बनाउन कांग्रेसलाई बलियाे बनाउनुपर्ने बताएका हुन्।
उनले ठूलो संघर्ष र बलिदानबाट अहिलेकाे लाेकतान्त्रिक व्यवस्था प्राप्त भएकाे भन्दै यसलाई बलियाे बनाउन कांग्रेस बलियाे हुनुपर्ने बताए।
‘पार्टी संगठन सुदृढीकरणमा लाग्नुपर्यो, कांग्रेसकै नेतृत्वमा भएकाे आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएकाे हो,’ उनले भने।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री पनि रहेका सिंहले आवश्यक्ताकाे सिद्धान्तअनुसार कांग्रेस र एमालेकाे सरकार बनेकाे बताए।
साना पार्टीले सरकार बनाउँदा अस्थिरता भएकोले ठूला दल मिलेर सरकार बनाएको उनले बताए।
राजनीति स्थायित्वबिना आर्थिक समृद्धि नहुने पनि उनले बताए।