पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरू भएको छ।
बिहीबार दिउँसो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित पदाधिकारीहरू र स्थायी समिति सदस्यहरू सहभागी छन्।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सहभागी छन्।
फेरि सक्रिय राजनीतिमा फर्कन लागेका पासाङ पछिल्लो समय माओवादी पदाधिकारी बैठकहरूमा सहभागी रहँदै आएका थिए।
माओवादी पदाधिकारीले पासाङलाई उपाध्यक्ष बनाउने निर्णय गरेसँगै उनी पदाधिकारी बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा उपस्थित रहँदै आएका थिए।
पुस २१ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न स्थायी समिति बैठक बसेको हो।
केन्द्रीय समिति बैठकले पूर्वउपराष्ट्रपति पासाङलाई माओवादी उपाध्यक्षमा मनोनीत गर्ने तयारीसमेत गरेको छ।
पासाङ विद्या भण्डारी राष्ट्रपति रहेका बेला दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए। उपराष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएसँगै उनलाई पार्टीको जिम्मेवारीमा ल्याउन अध्यक्ष प्रचण्डले कसरत गरिरहेका थिए।
यो पनि: पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउँदै माओवादी