नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा सदस्यता वितरण अभियान सुरू गरेको छ।
केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका प्रवक्ता सुरज सेजुवालले बुधबार सदस्यता वितरण सुरूवात गरेका हुन्।
नेविसंघले चैतभित्र १२ औं महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसका लागि पुस ७ गतेदेखि देशैभरका क्याम्पसहरूमा विद्यार्थीलाई सदस्यता वितरण अभियान सुरू भएको हो।