राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।
मंगलबारको मन्त्रिपरिषद बैठकले आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
रूपन्देहीका आचार्य नेकपा (एमाले) निकट हुन्। उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष पनि छन्। यद्यपि यो एमालेको खेलकुदको भ्रातृ संगठन भने होइन। एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ छ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष आचार्यलाई सरकारले राखेप उपाध्यक्षमा नियुक्त गरेको हो।
यसअघि राखेप उपाध्यक्षमा शिव कोइराला थिए।