नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च गर्ने भएको छ।
काठमाडौंमा मंगलबार केन्द्रीय समितिको निर्णय जानकारी गराउँदै प्रवक्ता खड्गबहादुर विश्वकर्माले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा जनमार्च सञ्चालन गर्ने निर्णय गरेको बताए।
अभियानमा महासचिव, प्रवक्ता, केन्द्रीय समिति, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी रहनेछ।
पार्टीले आगामी २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।
त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने पनि नेकपाले जनाएको छ।
(न्युज एजेन्सी नेपाल)