नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ।
मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार यही पुस २२ र २३ गते काठमाडौंमा भेला हुनेछ।
भेलाको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।
भेलाका लागि केन्द्रीय सदस्यहरू र जिल्ला अध्यक्षहरूलाई काठमाडौं बोलाइएको छ।
भेला केन्द्रीय कार्यालय सानेपामा हुनेछ। भेलाको पुस २२ गते बिहान ११:३० बजे उद्घाटन हुनेछ।
तरूण दललाई कांग्रेसले चैतभित्र महाधिवेशन गर्न भनेको छ।
यसका लागि निर्देशन समितिसमेत गठन भएको छ भने हालैको केन्द्रीय कार्यसम्पादन समितिले संशोधित विधानसमेत पारित गरिसकेको छ।
नियमित महाधिवेशन गर्न नसक्दा कांग्रेसले महाधिवेशन गर्ने गरी तरूण दलको तदर्थ समिति बनाएको थियो।