पार्टी एकताबारे छलफल गर्न वामदेव गौतम आलोकनगर पुगेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गर्न गौतम आलोकनगर पुगेका हुन्।
सोमबार दिउँसो अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको हो।
गौतमले २०७८ भदौ १८ गते नेकपा (एमाले) परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।
त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहेका छन्। उनी राष्ट्रिय सभा सांसद पनि छन्।
गौतमलाई पार्टीमा भित्र्याउन नेकपा (एकीकृत समाजवादी) ले संवाद अघि बढाएको छ।