प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक सय ८० किलोको मालासहित अभिनन्दन गरिएको छ।
नेकपा (एमाले) पर्सा कमिटीले आइतबार आयोजना गरेको कार्यक्रममा पर्साकै सखुवा प्रसौनी गाउँपालिकाले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको हो।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाका एमालेबाट उम्मेदवार भई जसवन्त यादव अध्यक्ष पदमा निर्वाचित भएका थिए। यादवकै अगुवाइमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिएको एमाले पर्सा कमिटीले जनाएको छ।
सोही कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाललगायत पार्टी प्रवेश गरेका थिए। जैसवाल जनता समाजवादी पार्टी नेपालका थिए।