ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रूपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आइतबार गरेको आयोजनामा बोल्दै उनले सदर चिडियाखानालाई रात्रिकालिन रूपमा चलाउनको लागि सम्भव भए-नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह गरेका थिए।
‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिबद्धता व्यक्त गरेको थिए, त्यो सबै पूरा भइसकेको छ। पछिल्लो कालखण्डमा जावलाखेल प्रवेश गर्दा पहिला दुई वटा गेट थियो त्यो गेटमा बार राखिएको थियो। त्यो गेटको नाम नै टाइगर गेट थियो। लगभग ५० औँ वर्ष त्यो गेट हराएको थियो, हालसालै हामीले त्यो गेट पनि राखेका छौं,’ उनले भने।
चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग रात्रिकालिन चिडियाखानाका लागि सहकार्य गर्न सक्ने उनले बताए।
‘विदेशतिर रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ। मैले पनि दुई ठाउँमा हेरेँ। हामीकहाँ यो सम्भावना छ कि छैन एकचोटि अध्ययन गरौं,’ उनले भने, ‘अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ।’
भिडिओ: