राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले केन्द्रीय संगठन विभाग र अनुशासन आयोगमा सदस्यहरू मनोनीत गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थप गर्ने निर्णय गरेको हो। जसमा लमजुङका धर्म केसी., रूपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी छन्।
यस्तै, बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ।
यसैगरी पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको छ ।