नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई लक्ष्य गर्दै केही कुरा नसुन्ने हो भने अप्ठेरो पर्ने बताएका छन्।
कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नुपर्छ। शेखर पनि भागबन्डामा लागेको कुरा यहाँ आयो, ६०-४० को भागबन्डा। भागबन्डा भनेर चुप लागेर बस्ने त होइन नि!’
उनले सभापतिले केही कुरा सुन्दै नसुन्ने हो भने अप्ठेरो पर्ने पनि बताए।
‘सभापतिले केही पनि सुन्दै नसुन्ने हो भने अप्ठेरोमा पर्छ। राजनीति गर्नेहरूलाई अप्ठेरो पर्छ, यो हामीले बुझ्न जरूरी छ,’ कोइरालाले भने, ‘सभापति किसुनजीको पनि अनुयायी हो। गुटलाई फस्टाइदिने काम उहाँले नै गर्दा अप्ठेरो परिस्थिति सिर्जना हुँदै रहेछ।’ (न्युज एजेन्सी नेपाल)
भिडिओ: