प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।
सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सभापतिले पदबाट मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।
‘सभापतिले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ,’ उनले भने। साथै सांसद मोदीले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने अभ्यसा रहेको पनि बताएका थिए।
यसअघि गत पुस ४ गते माओवादी कोशी प्रदेश समितिले पनि लेखा समिति सभापतिको राजीनामा माग गरेको थियो।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक लेखा समिति सभापति पोखरेलले पदबाट राजीनामा गर्नुपर्ने माग गरेका थिए।
पोखरेल पत्नी अन्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन्। उनलाई पक्राउ गर्न अदालतले पुर्जीसमेत जारी गरिसकेको छ।