राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
सोमबार अपराह्न ४ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनकाअनुसार बैठक भर्चुअल हुनेछ।
बैठकमा समसामयिक परिस्थितिमा छलफल हुने उनले बताए।
रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो।
सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको थियो।
सभापति लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता भएपछि पहिलो पटक रास्वपाको सचिवालय बस्न लागेको हो।
'त्यसलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो,' उनले भने।
यो पनिः रविविरूद्ध मुद्दा दर्ता भएपछि के गर्छ रास्वपा?