नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताकाे महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसकाे सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपार्टीमा सोमबार गरेको कार्यक्रममा बोल्दै उनले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसकाे मूल चूनाैति रहेकाे बताए।
‘क्रियाशील सदस्यकाे संख्या धेरै छ तर क्रियाशील सदस्यहरूलाई सदस्यताकाे महत्त्व बुझाउन नसकेकाे हाे कि? अब बुझाउनुपर्यो,´ उनले भने।
हरेक क्रियाशील सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनले जोड दिए।
देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्यमान्यता ल्याउन धेरै संघर्ष गरेकाे र जनताकाे पटक-पटक विश्वास जितेकाे कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएकाे उनको भनाइ छ।
पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनले बताए।
काठमाडौं महानगर समितिले काठमाडौंवासीले भाेगेका पीरमर्का र समस्या समाधानका लागि लाग्न पनि सिंहले आग्रह गरे।
एक सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयाेग पुग्ने पनि उनको भनाइ छ।