नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्जहरू तोकेको छ।
मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज र सहइन्चार्जहरु तोकेको हो।
एकीकृत समाजवादीले प्रदेश इन्चार्जमा पदाधिकारीलाई प्राथमिकता दिएको छ। सह इन्चार्जमा भने प्रदेशको जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यलाई तोकिएको पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको कार्यविभाजनमा उल्लेख छ।
कोशी प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव राजेन्द्र राईले पाएका छन्। कोशीमा ९ जनाले सह इन्चार्जको जिम्मवारी पाएका छन्।
सचिव बलदेव चौधरी, पोलिटब्युरो सदस्यहरू धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशवकुमार विष्ट, खिनु लङ्वा लिम्बू, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज छन्।
उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। मधेसमा स्थायी कमिटी सदस्यहरू नागेन्द्र चौधरी, लक्ष्मण पौडेल र शत्रुधन महतो तथा पोलिटब्युरो सदस्यहरू दिनेश राई, सरला यादव, सुधिर शाह, उषा पोख्रेल र बेची लुङेली सहइन्चार्ज छन्।
बागमतीमा उपाध्यक्ष गंगालाल तुलाधरलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।
बागमतीमा १२ जना सहइन्चार्ज छन्। स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्यहरू कृष्णलाल महर्जन, गंगाप्रसाद नेपाल, गुरूप्रसाद बुर्लाकोटी, बसन्त मानन्धर, राजेन्द्र लोहनी, शिव भण्डारी, टोकबहादुर वाइबा, भगवती नेपाल, लक्ष्मण लम्साल, विदुर सापकोटा र सुदेश पराजुली सहइन्चार्ज छन्।
गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव श्रीनाथ बरालले पाएका छन्। पोलिटब्युरो सदस्यहरू दिलकुमारी पन्त र धनराज आचार्य सहइन्चार्ज छन्।
उपमहासचिव मेटमणि चौधरी लुम्बिनीका इन्चार्ज तोकिएका छन्।
सचिव सोमप्रसाद पाण्डे, पोलिटब्युरो सदस्यहरू अब्दुल हुसेन खाँ, अशोक कोइराला, इ.नन्दलाल बन्जाडे र रमा घर्ती सहइन्चार्ज तोकिएका छन्।
त्यस्तै कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी सचिव चन्द्रबहादुर शाहीले पाएका छन्। पोलिटब्युरो सदस्यहरू शेरबहादुर केसी र अम्मरबहादुर थापा सहइन्चार्ज तोकिएका छन्।
सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भानुभक्त जोशी इन्चार्ज तोकिएका छन्।
सचिव शेरबहादुर कुँवर, पोलिटब्युरो सदस्यहरू हर्कबहादुर सिंह, चुनकुमारी चौधरी, दिर्घबहादुर सोडारी, नरेशकुमार शाही, प्रकाश रावल, विरेन्द्र भण्डारी र हिक्मतबहादुर शाही सहइन्चार्ज तोकिएका छन्।
उपत्यका प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क प्रदेश इन्चार्जमा लक्ष्मण केसी र सहइन्चार्जमा वीरबलकाजी राई तोकिएका छन्।