मन्त्रिपरिषद्को बैठक केही बेरदेखि बसिरहेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
जारी बैठकमा मन्त्रालयका नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्नेगर्छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो। त्यसपछि आज नियमित बैठक बसिरहेको हो।