नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकबाट पार्टी यस्तो निस्कर्षमा पुगेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
राष्ट्रिय ऐजेण्डाहरूमा सहकार्यको सम्भावना सधैं जीवित रहे पनि पार्टी एकताको सम्भावना नरेहको उनको भनाइ छ।
‘हालको अवस्थामा अन्य कुनै पनि कम्युनिष्ट पार्टीहरूसँग एकीकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैं जिवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डामा सहकार्य गर्न तयार छौं तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ,’ उनले भने।
मंगलबारको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौती लगायतका विषयबारे निर्णय सार्वजनिक गर्ने उनले बताए।
(न्युज एजेन्सी नेपाल)