मंगलबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ।
बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ।
अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची छ। बैठक बिहान ११ बजे नै बस्ने सचिवालयले जनाएको छ।
सोमबारको अर्थसमिति बैठक कोरम नपुगेर स्थगित भएको थियो।