गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित भएको छ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै सांसद उपस्थिति भएका थिए।
गणपूरक संख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) की सांसद गंगा कार्कीले विरोध जनाएकी थिइन्।
उनले सत्तापक्षका सांसदहरु नै बैठकमा उपस्थिति नहुनु राम्रो नभएको र कोरम नपुगी बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गरेका हुन्।
(न्युज एजेन्सी नेपाल)