गृहमन्त्री रमेश लेखकले कानुनबमोजिम रवि लामिछानेमाथि अनुसन्धान भइरहेको बताएका छन्।
आइतबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको बताए। अदालतले नै दिएको म्यादभित्र अनुसन्धान भएको छ भने अनुसन्धान कसरी गैरकानुनी भयो भन्ने प्रश्न पनि उनले गरेका छन्।
‘उहाँकामाथि जुन छानबिन भइरहेको छ त्यो कुनै स्वेच्छाचारी ढंगले, गैरकानुनी ढंगले भइराखेको त छैन, अनुसन्धान कानुन बमोजिम भइरहेको छ,’ चितवनमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘अदालतबाट लिएको म्यादभित्रै अनुसन्धान गरिएको छ भने कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो?’
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।
भिडिओ: