जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले सेतोपाटीलाई जानकारी दिए।
नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो भने उनीमाथि मुद्दासमेत दर्ता भएको थियो।
प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ।
जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडे पनि उनी रिहा हुने छैनन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान गरिरहेको छ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो। यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।
प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।