नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
जनकपुरधाममा सोमबार महेन्द्रनारायण निधिको जीवनमा आधारित पुस्तक ‘नेपालका निधि’को लोकार्पण समारोहमा बोल्दै उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेको बताए।
उनले वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्ने पनि बताए।
‘यो सरकारको काम कारबाहीबाट म पनि धेरै सन्तुष्ट छैन। किनभने मलाई थाहा छ, यो सरकारबाट मैले धेरै कामको आशा गरेकै छैन। तपाईंले जुन दिन धेरै आशा गर्नुहुन्छ काम कम हुन्छ, रिस हुन्छ, असन्तुष्टि हुन्छ। जब थोरै आशा गर्नुहुन्छ, कहिले पनि सन्तुष्टि हुँदैन। मलाई यो सरकारबाट धेरै काम होला, काम गर्नुपर्छ भन्ने आशा छैन,’ निधिले भने।
सम्झौताअनुसार दुई वर्षपछि इमान्दारिपूर्वक सत्ता हस्तान्तरण गर्नुपर्ने पनि उनले बताए।
(न्युज एजेन्सी नेपाल)