उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयाेग गरेर देश विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहकाे शतवार्षिक जन्मजयन्तीमा मंगलबार नयाँ बानेश्वर बसन्तनगरमा आयाेजना गरेकाे कार्यक्रममा बोल्दै उनले महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवीको याेगदान महत्वपूर्ण रहेकाे बताए।
राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिकाे हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवीले संघर्ष गरेकै कारण उपलब्धि हासिल भएकाे उनको भनाइ छ।
‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएकाे आन्दोलनकाे उपलब्धि पनि हो,´ उनले भने।
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन २००४ साउन २४ गते मंगलादेवीको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो।