नेपाली काङ्ग्रेस कोशी प्रदेशको पहिलो प्रदेश सम्मेलन अहिले विराटनगरमा चलिरहेको छ। एक दिने सम्मेलनमा उद्घाटन सत्र र बन्द सत्र दुबै हुने बताइएको कार्यक्रमको उद्घाटन सत्रमै ४० जना वक्ता छन्।
सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा जिल्लादेखी केन्द्रसम्मका गरी ४० जना वक्ता रहेको काङ्ग्रेस कोशीका मुख्य सचिव नारायण कोइरालाले जानकारी दिए।
समय तोकेर नेताहरुलाइ बोल्ने समय दिइएको छ। केन्द्रीय सदस्यलाइ ३ मिनेट , पूर्व पदाधिकारीलाई ६ मिनेट र पदाधिकारीलाई १३ मिनेट समय दिइएको छ। अहिलेसम्म्म आधा वक्ताले बोलेका छन् भने आधा अझै बाँकी छ।
आजको सम्मेलनमा शेखर कोइराला अनुपस्थित छन्।