शनिबार पाँच जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला चलिरहेको छ।
संगठन निर्माणका क्रममा शनिबार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुमा शनिबार जिल्ला भेला चलिरहेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
जिल्ला भेलामा केन्द्रीय नेताहरू सहभागी छन्।
सल्यानमा कार्यबाहक महामन्त्री बुर्लाकोटी आफै खटिएका छन्। बाँकेमा केन्द्रीय सांसद लक्ष्मी तिवारी, नवलपुरमा केन्द्रीय सदस्य राजन गौतम र सबिना बिक, नुवाकोटमा उपसभापति डिपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र भक्तपुरमा उपसभापति अर्याल, कोषाध्यक्ष लिमा अधिकारी, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य कुसुम महर्जन, प्रमिला कुलुज खटिएका छन्।
भेलाले जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लाहरूमा रिक्त पदहरूको पदपूर्ति र जिल्ला भित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माण सम्बन्धी कार्ययोजनामा छलफल गर्ने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले यसअघि देशभरका २३ जिल्लाहरूमा जिल्ला भेला सम्पन्न गरिसकेको छ।