प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।
मंसिर १९ गते राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो।
राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरूङले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा पनि राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ।