नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २४ गते बिहान ९ बजे बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।
मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचन समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ।
स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेको थियो।
केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्ने गर्छ।
कार्यसम्पादन समितिमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरू छन्।