राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले जानकारी लिएका छन्।
बिरामी भएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
कार्यवाहक प्रधानमन्त्री सिंह बुधबार अस्पतालमै पुगेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिपति पौडेल प्रोस्टेटको उपचारका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।
राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरूङले कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराएका छन्।