उदयपुरको वेलका नगरपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित भएका छन्।
उनी ५५९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५२५ मत प्राप्त गरे।
नेपाली कांग्रेसका नवरात बस्नेत ४ सय ४ मतसहित तेस्रो भए। यसैगरि जसपाका राजकुमार राईले २ सय ७ मत प्राप्त गर्दा रास्वपाका तेजमान विश्वकर्माले १ सय १३ मत ल्याए।
यसअघि २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो। माओवादी चौथो भएको थियो। कांग्रेसका पदमबहादुर खड्का ६७१ मतसहित विजयी हुँदा माओवादीका हरिबहादुर श्रेष्ठले जम्मा १७६ मत पाएका थिए।
यसपालि माओवादीबाट विजयी भएका भरत घिमिरे युवापुस्ता माझ लोकप्रिय मानिन्छन्। विद्यार्थी राजनीतिमा सक्रिय ३२ वर्षीय घिमिरे अनेरास्ववियू क्रान्तिकारीका सचिव हुन्।