उदयपुरको वेलका नगरपालिका-९ मा मतगणना सुरू भएको छ।
मतगणनाको सुरूआती चरणमा माओवादी केन्द्रले अग्रता लिएको छ।
वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरेले २१८ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
एमालेका मोहन खड्काले १८७ मत पाएका छन् भने कांग्रेसका नवराज बस्नेतले १४९ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले ३९ र राप्रपाका टिकाप्रसाद फुयालले १४ मत ल्याएका छन्।
बदर मतलाई लिएर विवाद हुँदा वेलकामा मतगणना स्थगित भएको थियो। ५०० मत गन्दा २२० मत बदर भएपछि मतगणना रोकिएको थियो।
पछि विवाद मिलाउन प्रमुख जिल्ला अधिकारीसहितको सर्वदलीय बैठक बसे पनि समाधान नभएपछि निर्वाचन आयोगले फेरि मतगणना गर्न पत्राचार गरेको थियो।
वेलका-९ मा १८८५ मत खसेको थियो।