नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप (सुब्बा) नियुक्त भएका छन्।
सोमबार मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।
हालसम्म प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएपछि रिक्त थियो। सो पदमा संखुवासभा प्रदेश क्षेत्र नम्बर २ का सांसद लिङ्थेप प्रमुख सचेतक नियुक्त भएका हुन्।
लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाका मेयर थिए। उनी विद्यार्थी राजनीतिबाट आएका नेता हुन्।