दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको मतगणना भइरहेको छ।
जारी मत गणनामा एमालेकी उमा लुंगेली मगर शेर्पाले माओवादी केन्द्रकी निम लेकी शेर्पालाई उछिनेकी छन्।
एमालेकी उमाले १९७२ मत ल्याएकी छन् भने माओवादीकी निम लेकीले १९०६ मत ल्याएकी छन्।
६६ मतले उमा अघि छिन्।
कांग्रेसकी पासदिकी तामाङले १२८१ मत पाएकी भने रास्वपाकी गोमा श्रेष्ठले ७७, एकीकृत समाजवादीकी रविना खड्काले ७१ र राप्रपाकी मनकुमारी श्रेष्ठले ७६ मत ल्याइन्।
यसअघि गौरीशंकर उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङले ४ हजार ७४१ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग तालमेल गरेको थियो।