नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन्।
उनले सोमबार शपथसमेत लिएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका हुन्।
विवादास्पद जापान भ्रमण प्रकरणसँगै मानव तस्करी अभियोगमा नाम जोडिएर लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएपछि मन्त्रालय रिक्त थियो। कानुनी पृष्ठभूमिका भएका अधिकारीले राजीनामा गरेपछि मन्त्रालयमा त्यस्तै पृष्ठभूमिका भण्डारी मन्त्री नियुक्त भएका हुन्।
सुनसरीको इटहरीका बासिन्दा भण्डारी संविधानसभा सदस्यसमेत हुन्। २०७९ को निर्वाचनमा उनी सुनसरी २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट कोशी प्रदेशसभामा निर्वाचित भएका थिए।