दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको मतगणना भइरहेको छ।
माओवादी केन्द्रकी निम लेकी शेर्पाले १३८० मत ल्याएर अग्रता कायमै गरेकी छन्। एमालेकी उमा लुंगेली मगर शेर्पाले १०१३ मत ल्याएकी छन्। उनीहरूबीच ३६७ को मत अन्तर रहेको छ।
कांग्रेसकी पासदिकी तामाङले ७९६ मत पाएकी भने रास्वपाकी गोमा श्रेष्ठले ६०, एकीकृत समाजवादीकी रविना खड्काले ३१ र राप्रपाकी मनकुमारी श्रेष्ठले २९ मत ल्याइन्।
यसअघि गौरीशंकर उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङले ४ हजार ७४१ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग तालमेल गरेको थियो।