कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ३६ सय मत कटाएका छन्।
सोमबार वडा नम्बर १ देखि ६ वडा सम्मको मतगणना गर्दा कांग्रेसका डंगोलले ३ हजार ६५२ मत पाउँँदा निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले २९०७ मत पाएका छन्। उनीहरूबीच ७४५ को मतान्तर रहेको छ।
तेस्रो स्थानमा माओवादीका उम्मेदवार शिवशरण महर्जनले २५०८ मत पाएका छन्।
चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२९४ मत पाएका छन् भने अर्का स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले १०१२, कविकुमार महर्जनले ८५५ मत ल्याएका छन्।
अहिलेसम्म कीर्तिपुरको वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना भएको छ।
वडा नम्बर १ र ४ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जन विजयी बनेका थिए।
वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। यसअघि उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए।
यसअघि मेयरमा राजकुमार नकर्मी विजयी बनेका थिए।