कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ३३ सय मत कटाएका छन्।
सोमबार वडा नम्बर १ देखि ६ वडा सम्मको मतगणना गर्दा कांग्रेसका डंगोलले ३ हजार ३८५ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले २७२६ मत पाएका छन्।
डंगोलले प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन्। उनीहरूबीच ६५९ मतको अन्तर छ।
तेस्रो स्थानमा माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९७५ ल्याउँदा कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्
अहिले कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४, ५ र ६ को १२ हजार ८७२ मतगणना भएको हो।
वडा नम्बर १ र ४ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जन विजयी बनेका थिए।
वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। यसअघि उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए।
यसअघि मेयरमा राजकुमार नकर्मी विजयी बनेका थिए।