दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको मतगणना सुरू भएको छ।
प्रारम्भिक परिणामअनुसार त्यहाँ माओवादी केन्द्रकी निम लेकी शेर्पाले झन्डै दोब्बर मतान्तरले अग्रता लिएकी छन्।
उनले ८०९ मत पाउँदा एमालेकी उमा लुंगेली मगर शेर्पाले ४४७ मत ल्याएकी छन्। कांग्रेसकी पासदिकी तामाङले २४० मत पाएकी छन्। रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याएकी छन्।
एकीकृत समाजवादीकी रविना खड्काले १४ र राप्रपाकी मनकुमारी श्रेष्ठले १२ मत ल्याइन्।
यसअघि गौरीशंकर उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङले ४ हजार ७४१ मत ल्याएर विजयी भएका थिए।त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग तालमेल गरेको थियो।