डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन्।
सोमबार बिहान भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार झाक्री १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएका छन्।
यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो।
त्यसबेला एमालेका नन्दलाल रोका १०८ मत ल्याएर निर्वाचित भएका थिए।
उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत ल्याएका थिए।