बझाङको सुर्मा गाउँपालिका-४ कांग्रेसले एमालेबाट खोसेको छ।
सोमबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणम अनुसार यहाँ कांग्रेसका धिरेन्द्र पुजारा ६५७ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन्।
२०७९ को चुनावमा एमालेका सर्जन बहादुर बोहरा ६२९ मत पाएर विजयी भएका थिए।
यसपालि एमालेबाट उम्मेदवार बनेका लखीचन्द्र बोहराले ४८७ मत ल्याए।
नेकपा (माओवादी केन्द्र)का पुस्करबहादुर बोहराले जम्मा १७ मतमात्रै ल्याए।