नेकपा (माओवादी केन्द्र)ले उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष कांग्रेसबाट खोसेको छ।
सोमबार बिहान सकिएको मतगणनाअनुसार माओवादीका नविनकुमार वान्तवा राई ९२३ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्।
यसअघि २०७९ को चुनावमा यहाँ कांग्रेसका चुडाराज काफ्ले ४३९ मत ल्याएर विजयी भएका थिए।
यसपालि कांग्रेसका संजिव काफ्लेले ३५९ मत ल्याएर तेस्रो भए। यहाँ एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे।
एकीकृत समाजवादी निर्मला चौधरीले ३१२ र राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले २०२ मत ल्याए।