बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ को वडाध्यक्ष नेपाली काँग्रेसका अमिन थारू निर्वाचित भएका छन्।
सोमबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार ४८ वर्षीय थारु १०४३ मत प्राप्त गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका शेरबहादुर थारूले ६७८ मत ल्याए। वडाध्यक्ष निर्वाचित अमिन थारूले ३६५ मतान्तर कायम गरे।
यहाँ नेकपा एमालेका विष्णुप्रसाद देवकोटाले ३३७, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारूले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर शाहीले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका वासुदेव शर्माले १७ मत प्राप्त गरे थिए।
यो वडामा २०७९ सालमा पनि कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए।
उनी जिल्ला पार्टी सभापति बनेपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए।
नवनिर्वाचित अमिन थारूले उपनिर्वाचन आउनुभन्दा केही दिन पहिले मात्रै कार्यवाहक वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाध्यक्ष पदका लागि उम्मेदवार दिएका थिए।
आइतबार भएको उपनिर्वाचनको मतदानमा बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ मा अध्यक्ष पदका लागि ६३.७९ प्रतिशत मत खसेको थियो। यहाँ दुई हजार २३९ मत खसेको थियो। कुल तीन हजार ५१० मतदाता थिए।
महिला एक हजार ८३९ र पुरुष एक हजार ६७१ मतदाता थिए।
दुई वटा मतदान स्थल मध्य कृषि पशु सेवा केन्द्रमा ७४२ र बबई सिशुमन्दिर मावि बर्गदहामा एक हजार ४९७ मत खसेको थियो। निर्वाचनका लागि पाँच वटा मतदाता केन्द्र तोकिएका थिए।