जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले फराकिलो अग्रता लिएको छ।
वडा नम्बर १ देखि ७ सम्मको मतगणना सकिंदा माओवादीका उम्मेदवार देवका लामिछाने झण्डै एक हजार मतले अगाडि छन्।
लामिछानेले २ हजार ७२१ मत ल्याएकी छन्।
नेपाली काँग्रेसा उम्मेदवार इन्द्रा चन्द सिंहले १ हजार ७५३ मतसहित दोस्रोमा छन्।
नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले १ हजार ४०३ मत ल्याएका छन्।
रास्वपाका उम्मेदवार पार्बती पुनले १२९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रालले ४१ मत ल्याएका छन्।
नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १३ मत ल्याएका छन्।