सप्तरीको डाक्नेश्वरी-४ मा जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ।
जसपा उम्मेदवार देवेन्द्रप्रसाद यादवले ३७२ मत ल्याउँदै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत पाएका छन्।
जनमत पार्टीका उदय नारायण पन्डितले २३१ मत पाउँदा नेकपा एमालेका सन्जय कुमार यादवले ६८ मत पाएका छन्।
यसअघि यहाँ कांग्रेसका हरिप्रसाद रायले ३३३ मतसहित जितेका थिए।