रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्।
आइतबार राति भएको मतगणना अनुसार खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
उनले ६२७ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे।
नेकपा एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत पाएका छन्।
यसअघि यस वडामा एमालेका शेख अली उल्लाह विजयी भएका थिए। उनले अहिले विजयी भएका शेख अब्दुल खलिकलाई पराजित गरेका थिए।
त्यो बेला उल्लाहले ६८३ मत पाउँदा खलिकले ५७८ पाएका थिए।