सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच कडा टक्कर देखिएको छ।
पछिल्लो मत परिणामअनुसार कांग्रेसका तेतर साहु आफ्ना निकट प्रतिद्वन्द्वी एमालेका शन्तु उरावभन्दा जम्मा १२ मतले अगाडि छन्।
कांग्रेसका साहुले अहिलेसम्म ४३३ मत ल्याएका छन् भने एमालेका उरावले ४२१ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका माओवादीका कुशेश्वर खेरवार पनि कांग्रेस र एमालेभन्दा धेरै पछाडि छैनन्। उनले ४१८ मत ल्याएका छन्। यो एमालेभन्दा जम्मा ३ मत कम हो भने कांग्रेसभन्दा १५ मत कम हो।
त्यस्तै, राप्रपाका उम्मेदवार कविता कुमारी उरावले ४६ मत पाउँदा रास्वपाका उम्मेदवार शशिकुमार साहुले १८ मत पाएका छन्।
यसअघि २०७९ को चुनावमा यो पालिकामा नेकपा एमालेका सदानन्द उराँव झागरले ७१२ मत प्राप्त गरेर विजयी भएका थिए। त्यो बेला माओवादी केन्द्रका कुशेश्वर खेरवारले ४२४ मत र कांग्रेसका तिलेश्वर चौधरीले ४१६ मत प्राप्त गरेका थिए।
जसपा नेपालका रामनारायण साहुले ३५६, जनमत पार्टीका राकेश रञ्जन यादवले २२४ मत प्राप्त गरेका थिए ।