स्थानीय तहमा रिक्त पदका लागि आइतबार ३३ जिल्लामा उपनिर्वाचन भयो। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो।
मतपेटिका संकलन गरेपछि बेलुकीदेखि मतगणना भइरहेको छ।
अहिले धमाधम वडाध्यक्षको मतपरिणाम आइरहेको छ।
१. ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत प्राप्त गरेका छन्। रास्वपाका विष्णुप्रसाद पोखरेलले भने १५७ मत पाए।
२०७९ को निर्वाचनमा कांग्रेसका गोपीकृष्ण कार्कीले ३८४ मत ल्याएर विजयी बनेका थिए। अहिले उपनिर्वाचनमा भने एमालेले जित हात पारेको हो।
२. रूकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए। कांग्रेसका मोतिराम खत्री ५३ मतान्तरले विजयी भएका हुन्।
उनले ५९० मत प्राप्त गरी निर्वाचित भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जसिराम खत्रीले ५३७ मत पाए। यहाँ कांग्रेसका मोतिराम खत्री ५३ मतान्तरले विजयी भएका हुन्।
उनले ५९० मत प्राप्त गरी निर्वाचित भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जसिराम खत्रीले ५३७ मत पाएका छन्।
३. जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भए।कांग्रेसका खम्बबहादुर सिंह ३४७ मतसहित विजयी भएका हुन्।
उनले माओवादी उम्मेदवारलाई १५ मतले पछि पारेका हुन्। माओवादी केन्द्रका गोरखबहादुर सिंहले ३३२ मत ल्याएका छन्।
यस्तै एमालेका डम्बर बहादुर घर्तीले २६२ मत ल्याएका छन् भने राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याएका छन्। यसअघि यो वडा माओवादी केन्द्रले जितेको थियो। वडाध्यक्ष मुनबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो।
४. दार्चुलाको दुहुँ-५ मा नेपाली कांग्रेसले माओवादीबाट वडाध्यक्ष खोसेको छ।
निर्वाचन आयोगका अनुसार यहाँ कांग्रेसका धनसिंह कुँवर ३७४ मतसहित विजयी भएका हुन्।
२०७९ को निर्वाचनमा यहाँ माओवादीका मनोरथ भट्ट ५८२ मतसहित निर्वाचित भएका थिए। यसपालि माओवादीका वीरसिंह कार्कीले जम्मा ९८ मत ल्याएका छन्।
कांग्रेसको निकटतम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३५८ मत ल्याएका छन्।
५. रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार कांग्रेसका मगरले ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेबाट बेगम पुन मगरले ५३५ मत पाए। माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत पाए।
यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन ४८८ मतले निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।
६. कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टीले नेकपा माओवादी केन्द्रबाट खोसेको छ।
यहाँ नेमकिपाका उम्मेदवार खड्गराज शाही निर्वाचित भएका छन्। आइतबार मतदानलगत्तै भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १४३ मतसहित शाही निर्वाचित भएका हुन्।
उका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन्। एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन्।
७. डोटीको पूर्वीचौकी गाउँपालिका ६ को अध्यक्षमा कांग्रेसका मोहन थापा ४६८ मतसहित निर्वाचित भए। यहाँ एमालेका देव थापाले ३०१ मत ल्याउँदा माओवादीका देवीलाल थापाले २६ मत र रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत ल्याए।
२०७९ को चुनावमा कांग्रेसका पुष्पराज जोशी ५१३ मतसहित यहाँ विजयी भएका थिए।
८. गोरखा नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विष्णुबहादुर मगर विजयी भएका छन्।
आइतबार बेलुकी आएको मतपरिणामअनुसार माओवादीका मगर अध्यक्ष निर्वाचित भएका हुन्।
मगरले ४८६ मत ल्याए। यहाँ नेपाली कांग्रेसका उम्मेदवार भाइकाजी आलेले ४०२ मत ल्याए भने एमालेकी दुर्गामाया थापा रानाले ३४५ मत ल्याइन्।
रास्वपाका मंगलबहादुर थापाले ८२ मत ल्याएकी छन्।
२०७९ को चुनावमा यहाँ एमालेका खिलबहादुर राना ४५३ मतसहित निर्वाचित भएका थिए।
९. दैलेखको दुल्लु नगरपालिका-५ मा नेकपा (एमाले) उम्मेदवार विजयी भए। निर्वाचन आयोगका अनुसार आइतबार राति सम्पन्न मतगणनाबाट एमालेका लालबहादुर शाही ५७४ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उपनिर्वाचनमा कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याउँदा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३ मत ल्याएका छन्।
२०७९ को चुनावमा पनि यहाँ एमालेकै पूर्णप्रसाद उपाध्याय निर्वाचित भएका थिए। त्यतिबेला उनले ६४३ मत ल्याएका थिए।
१०. रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्।
आइतबार राति भएको मतगणना अनुसार खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
उनले ६२७ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे। एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत पाएका छन्।
यसअघि यस वडामा एमालेका शेख अली उल्लाह विजयी भएका थिए। उनले अहिले विजयी भएका शेख अब्दुल खलिकलाई पराजित गरेका थिए।
११. महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को अध्यक्ष उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
आइतबार साँझ भएको मतगणना अनुसार एमालेका सकिबुल खाँ ६३१ मत ल्याएर विजयी बनेका हुन्।
नेकपा माओवादी केन्द्रकी आइती कुमारी यादवले ५३४ मत र कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत ल्याए।
यसअघि २०७९ को चुनावमा यहाँ माओवादी केन्द्रका मुकेशकुमार यादव वडाध्यक्ष भएका थिए। त्यो बेला कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत पाएका थिए।
त्यस्तै अहिले एमालेबाट जितेका सकिबुल खाँ यसअघि जसपाबाट उठेका थिए। त्यो बेला सकिबुल खाँले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत पाएका थिए।
१२. झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
आइतबार साँझ आएको मतपरिणाममा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी बनेका हुन्। उनले ४९३ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ र नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका हुन्।
यसअघि यो ठाउँमा एमालेका दीर्घबहादुर थापा विजयी बनेका थिए। उनले ५०८ मत पाएका थिए।
त्यतिबेला पनि स्वतन्त्र उम्मेदवार बनेका ओलीले ४४० मत पाएका थिए।
१३. गुल्मीको मुसिकोट-१ मा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्।
कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले ११८४ मत पाएर जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ९३० मत पाए।
त्यस्तै माओवादी उम्मेदवार दुर्गा बिकले पाएको मत १४३ छ।
यहाँ कुल २३३४ मत खसेको थियो।
१४. ताप्लेजुङको सिरिजंघा-३ मा नेकपा एमालेले कांग्रेसबाट वडाध्यक्ष खोसेको छ।
यहाँ एमाले उम्मेदवार कुमारी सावादेन ३५३ मत सहित विजयी भएकी छन्।
त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अम्बी साउदेनले २५१ मत पाउँदा नेपाली कांग्रेसका भीम लक्सम्बाले २१८ मत पाएका छन्।
लिम्बुवानका राजेन्द्र लिम्बूले ५४ र रास्वपाका देवीप्रसाद पौडेलले ७ मत पाएका छन्।
यसअघि यहाँ नेपाली कांग्रेसका दीलप्रसाद वोखिमले जितेका थिए। त्यस बेला एमालेकी कुमारी सावादेन जम्मा चार मतले पराजित भएकी थिइन्।
१५. सप्तरीको डाक्नेश्वरी-४ मा जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ।
जसपा उम्मेदवार देवेन्द्रप्रसाद यादवले ३७२ मत ल्याउँदै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत पाएका छन्।
जनमत पार्टीका उदय नारायण पन्डितले २३१ मत पाउँदा नेकपा एमालेका सन्जय कुमार यादवले ६८ मत पाएका छन्।
यसअघि यहाँ कांग्रेसका हरिप्रसाद रायले ३३३ मतसहित जितेका थिए।