सुनसरीको गढी गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
हालसम्मको मतगणनामा कांग्रेसका तेतर साहुले १५९ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका शन्तु उरावले १४८ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका कुशेश्वर खेरवारले १३५ मत पाएका छन्।
राप्रपाका उम्मेदवार कविता कुमारी उरावले २८ मत पाउँदा रास्वपाका उम्मेदवार शशिकुमार साहुले ७ मत पाएका छन्।
यसअघि २०७९ को चुनावमा यो पालिकामा नेकपा एमालेका सदानन्द उराँव झागरले ७१२ मत प्राप्त गरेर विजयी भएका थिए। त्यो बेला नेकपा माओवादी केन्द्रका कुशेश्वर खेरबारले ४२४ मत र कांग्रेसका तिलेश्वर चौधरीले ४१६ मत प्राप्त गरेका थिए।
जसपा नेपालका रामनारायण साहुले ३५६, जनमत पार्टीका राकेश रञ्जन यादवले २२४ मत प्राप्त गरेका थिए ।